दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित
प्रकाशित मिति
२०७७ मंसिर ५ गते, शुक्रबार ११:४१

काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमितिका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन शुरु नहुँदै दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने अन्तिम दिन आज कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध निर्वाचित दुवै केन्द्रीय सदस्य वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका छन् ।
यसअघि मोरङ व्यापार सङ्घको कार्यकारी सदस्यसमेत रहेका राउत हाल नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश नं १ का उपाध्यक्षसमेत छन् । त्यस्तै अर्का निर्विरोध निर्वाचित अग्रवाल नेपाल इन्डोनेशिया च्याम्बर अफ कमर्शका अध्यक्ष छन् । अग्रवाल एशोसिएटतर्फबाट च्याम्बरअन्तर्गत निर्विरोध भएको महासङ्घले जनाएको छ ।-रासस
Related
Recent News
- एनआईसी एशिया बैंकका ग्राहकलाई ओम हस्पिटलमा १० प्रतिशत छुट
- बामदेव गौतमको दाबी: “म आन्दोलनको नेता, कहिल्यै असफल भएको छैन”
- भिभो र दराजबीच सहकार्य, महाबचत बजारको धमाका !
- एमाले पोलिटब्यूरो बैठक सुरु, विधान संशोधन प्रस्तावमाथि छलफल
- सञ्चित कोषमा २ खर्ब ४ अर्ब घाटा, राजस्व बढे पनि खर्च अझै बढी
- उच्च अदालतका न्यायाधीश भरत लम्सालको राजीनामा
- विद्या भण्डारीसँग शेखर कोइरालाको भेट, वैकल्पिक गठबन्धनको चर्चा तीव्र
- कर नतिर्ने १२२ करदाताविरुद्ध कारबाही सुरु
- ध्ययन बिदा सकिएर पनि नफर्किएका ६ वरिष्ठ इन्जिनियरलाई नेपाल टेलिकमको ३० दिनको अल्टिमेटम
- ज्योति विकास बैंक बन्यो ‘ISO 27001:2022’ प्रमाणपत्र प्राप्त गर्ने पहिलो विकास बैंक
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया