• 3:44 pm

निकिशा श्रेष्ठलाई सडकमा दुर्व्यबहार गर्ने व्यक्तिहरु नियन्त्रणमा

प्रकाशित मिति

२०७७ मंसिर ४ गते, बिहीबार ०५:३३

भक्तपुर,मंसीर ४ । निकिशा श्रेष्ठलाई लैंगिक भेदभावपुर्ण र दुर्व्यबहार गर्ने तीन जनालाई नियन्त्रणमा ल्याइएको छ ।

भक्तपुर जिल्ला भक्तपुर न.पा. १ स्थित सडकमा ३ जनाले जिस्काएर लैंगिक भेदभावपुर्ण शब्दहरु प्रयोग गरि भिडियो समेत बनाइ सामाजिक सञ्जालमा पोष्ट गरेको सम्बन्धमा विभिन्न मिडिय र सामाजिक सञ्जाल समेतबाट जानकारी प्राप्त भए पश्चात  भक्तपुरका  प्र.नि. सुदन के.सी.को कमाण्डमा खटिएको अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिईएको हो ।

अनुसन्धान गर्ने क्रममा भक्तपुर जिल्ला भक्तपुर न.पा. १ बस्ने बर्ष १९ को सफिल खत्रीले स्कुटर चलाएको र स्कुटर पछाडी सवार ऐ. भक्तपुर न.पा. ५ तौमडी बस्ने बर्ष १६ को बालकले भिडियो खिचेको र ऐ.ऐ. ५ तौमडी नै बस्ने बर्ष १७ को बालकले रहेको छन् ।

उनीहरुले दुर्व्यबहार गरि भिडियो बनाई सामाजिक सञ्जालमा ख्ष्मभय ग्उयिबम गरेको प्रारम्भिक अनुसन्धानबाट र पिडितसंग पनि समन्वय गरी थप अनुसन्धान तथा कारवाही समेत भईरहेको प्रहरि परिसर भक्तपुरले जानकारि दिए ।

 

प्रतिकृया