नेकपा केन्द्रीय कमिटीको तेस्रो बैठक स्थगित
प्रकाशित मिति
२०७७ कार्तिक १२ गते, बुधबार ०२:२२
काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको तेस्रो बैठक स्थगित भएको छ । बैठक कात्तिक १५ देखि १७ गतेसम्मका लागि तय भएको थीयो ।
कोभिड १९ महामारीको प्रकोपका कारण बैठक मंसिर १५ देखि १७ गतेसम्म आयोजना गरिने केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले संयुक्त विज्ञप्ती जारी गर्दै जानकारी दिनुभयो ।
वक्तव्यमा भनिएको छ, “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ ।”
प्रतिकृया