• १९:२६ २०८० चैत्र १६ गते
  • 7:26 pm

अरिङ्गालको टोकाइबाट दिदी, बहिनीको मृत्यु

प्रकाशित मिति

२०७७ कार्तिक १२ गते, बुधबार ०१:२७

Aringal

डोटी, जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासी प्रेमबहादुर नेपालीले जानकारी दिए।रासस

प्रतिकृया