• १५:१८ २०८० चैत्र १६ गते
  • 3:18 pm

साविक विजेता मुम्बई इन्डियन्स आईपीएलको शीर्ष स्थानमा

प्रकाशित मिति

२०७७ कार्तिक ८ गते, शनिबार ०६:०८

IPL RPnD6UJi2Q

साविक विजेता मुम्बई इन्डियन्स आईपीएलको शीर्ष स्थानमाएजेन्सी,इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतशुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो । १ सय १५ रनको लक्ष्य पाएको मुम्बईले १२ ओभर २ बलमा विना विकेट लक्ष्य पूरा गरेको हो ।

मुम्बईका इशान किशन र क्विन्टन डी ककले अविजित ६८ र ४६ रन बनाए । ​

चेन्नईका लागि साम करणले अर्धशतकीय इनिङ्स खेले उनले ५२ रन बनाए पनि अन्य ब्याट्सम्यान जम्न सकेनन् । इमरान ताहिर १३, कप्तान महेन्द्र सिंह धोनी १६ र शार्दुल ठाकुरले ११ रन मात्र बनाए । ​​

चेन्नईको इनिङ्स धराप पार्न मुम्बईका ट्रेन्ट बोल्ट ४, राहुल चाहर र जस्प्रित बुम्राहले २र२ विकेट लिए भने कल्टर निलले १ विकेट हात पारे ।

जीतसँगै मुम्बईको १० खेलमा १४ अंक भएको छ । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंङलोरको पनि १४ अंक नै भएपनि रन रेटका आधारमा मुम्बई लिगको शीर्ष स्थानमा पुगेको हो ।

प्रकाशित मिति : २४ मिनेट अघि,

प्रतिकृया