• 10:45 pm

आफ्नाे नाम उल्लेख नभएपछि उपमेयरले शिलालेखमै गरिन् ढुङ्गा र मुक्का प्रहार

प्रकाशित मिति

२०७७ कार्तिक १ गते, शनिबार ०५:१५

Sher 1602930649 e1602934190726

कैलालीमा शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै उपमेयरले विरोध गरेकी छन् । जिल्लाको घोडाघोडी नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी थापाले वडा नम्बर ७ को भवन उद्घाटन कार्यक्रममा शिलालेखमा नाम नराखेको भन्दै विरोध जनाएकी हुन् ।

शनिबार भवन उद्घाटन गर्न आयोजना गरिएको सार्वजनिक कार्यक्रममै उपप्रमुख थापा र प्रमुख ममताप्रसाद चौधरीबीच हात हालाहालसमेत भएको छ । मेयर चौधरीले वडा नम्बर ७ को कार्यालय भवन उद्घाटन गर्ने क्रममा उपमेयर थापाले ढुङ्गाले शिलालेखमा ढुङ्गा र मुक्का प्रहार गरेकी छन् ।

मेयर ममताप्रसाद चौधरीले आफ्नो नाम नराखेको भन्दै उपमेयर थापाले वडा कार्यालयको भवन उद्घाटनका क्रममा शिलालेखमा ढुङ्गा बजारेको बताए ।

उपमेयर थापाले पनि शिलालेखमा आफ्नो नाम राख्न आग्रह गर्दागर्दै पनि मेयर र प्रमुख प्रशासकीय अधिकृतले बाइपास गरेकाले त्यो अवस्था सिर्जना भएको प्रतिक्रिया दिएकी छन् । कार्यपालिकामा कुनै छलफल नगरेर नगर प्रमुखले एकलौटी ढङ्गबाट नाम लेख्न दिएको उनको आरोप छ ।

प्रतिकृया