• ११:११ २०८० चैत्र १६ गते
  • 11:11 am

सेती नदी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

प्रकाशित मिति

२०७७ आश्विन २९ गते, बिहीबार ०८:४७

setii

काठमाडौँ, कास्कीको माछापुच्छ्रे गाँउपालिका निर्माण हुने २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाका लागि आज वित्तीय सम्झौता भएको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी र ऋण लकगानीकर्ता बैंक तथा वित्तीय संस्थाका तर्फबाट बहुपक्षीय वित्तीय सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । आयोजनामा एनएमबी बैंकले रु दुई अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले रु ८० करोड र कृषि विकास बैंकले रु ५० करोड गरी कूल रु तीन अर्ब ५० करोड लगानी गर्ने भएका छन् ।

आयोजनाको कूल लागत मध्ये ७० प्रतिशतले हुन आउने रकम बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ भने बाँकी ३० प्रतिशत ९रु एक अर्ब ५० करोड० रकम प्रवद्र्धकका तर्फबाट लगानी गरिनेछ । आयोजनाको कूल लागत रु पाँच अर्ब छ ।

आयोजनामा नेपालका मुख्य शहरका प्रतिष्ठित व्यापारिक घरानाका अलावा माछापुच्छ«े गाँउपलिकाका स्थानीयबासीले समेत शेयरधनीका रुपमा लगानी गर्ने छन् । भौतिक निर्माणको काम शुरु भइसकेको सो आयोजनाको मुख्य निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरलेले जानकारी दिनुभयो । उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको लाहाचोक सव स्टेशनमा जोडिनेछ ।
रासस

प्रतिकृया