• 5:55 am

ओली र दाहालमाथिको आरोप पुष्टि गर्न बाबुरामलाई नेकपाको चुनौती

प्रकाशित मिति

२०७७ आश्विन २८ गते, बुधबार ०५:४२

baburam kaji 1602675856 e1602676652266

काठमाण्डौ, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि बूढीगण्डकी आयोजनाका विषयमा मुख खोलेको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गरेका हुन् ।

भट्टराईले गत बिहीबार गोरखामा भएको एक सार्वजनिक कार्यक्रममा बूढीगण्डकी आयोजनाको नाममा ९ अर्ब रुपैयाँ बाँडीचुँडी खाएको आरोप लगाएका थिए । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका साथै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आयोजनाको रकम लिएको प्रमाण आफूसँग भएको दाबी उनले गरेका थिए ।

पूर्वप्रधानमन्त्रीबाट यति ठूलो अनियमितताका बारेमा नाम किटेर सार्वजनिक रूपमै अभिव्यक्ति दिँदासमेत नेकपाका तर्फबाट कुनै किसिमको प्रतिक्रिया नआउनुलाई शंका उत्पन्न गराएको थियो । तर, ढिला गरी नेकपा प्रवक्ता श्रेष्ठले विज्ञप्तिमार्फत भट्टराईको अभिव्यक्तिको खण्डन गरेका हुन् ।

‘कुनै प्रमाण भए सार्वजनिक रूपमा राज्यको सम्बन्धित आधिकारिक निकायमा पेस गर्न चुनौती दिन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकारका कृत्रिम आरोपको तथाकथित् प्रमाणको हौवा भ्रमको खेती मात्रै हो भन्ने स्पष्ट नै छ ।’

गोरखाका बासिन्दासमेत रहेका नेकपा प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा राज्यको गरिमामय उच्च पद सम्हालिसेकका भट्टराईबाट गैरजिम्मेवार अभिव्यक्ति आएको भन्दै क्षमा याचना गर्न माग गरिएको छ ।

यसअघि २५ असोजमा कांग्रेसले पनि विज्ञप्तिमार्फत भट्टराईको अभिव्यक्तिको खण्डन गर्दै तत्काल छानबिन गर्नका लागि सरकारसँग आग्रह गरेको थियो ।

121591356 341340113786214 1940497061371864171 n

 

प्रतिकृया