• 5:17 am

ब्राण्ड रनर मोटरसाइकलको खरिदमा ५१ हजारसम्म नगद छुट

प्रकाशित मिति

२०७७ आश्विन २८ गते, बुधबार १२:१९

Dashain Tihar Scheme 2077 Final Design Press Release 6PSQijIPZ5

काठमाडौं, बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाइकलले दशैं तिहारलाई लक्षित गरी भारी नगद छुटसहितको अफर ल्याएको छ । रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता रमण मोटर्सले रनर मोटरसाइकको खरिदमा ५१ हजार सम्मको भारी छुट दिने भएको छ । कम्पनीले यो अहिलेसम्मकै उत्कृष्ट अफर रहेको दाबी गरेको छ ।

साथै कम्पनीले मोटरसाइकल जगतमै सर्वाधिक ६ वर्ष वारेन्टीका साथ मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ । यस्तै कुनैपनि पुरानो मोटरसाइकलको एक्स्चेन्ज गर्दा रु ३० हजार न्युनतम मुल्यांकन गरिने कम्पनीको भनाइ छ । देशैभरी करिब २२ वटा शोरुमबाट ग्राहकले दशैं तिहार अन्तर्गत रु ५१ हजारसम्म छुटका साथ सेल्स, सर्भिस र स्पेयर पार्टस को सुविधा पाउने छन् । रमन मोटर्सले हाल ८० सीसीका सस्तादेखि २०० सीसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ।

प्रतिकृया