• २२:०९ २०८० चैत्र १५ गते
  • 10:09 pm

योग ज्ञान एवं साधना सप्ताह शिविर आयोजना गरिने

प्रकाशित मिति

२०७७ आश्विन १३ गते, मंगलवार ०६:५२

yoga position12345

काठमाडौँ, नेपाल आर्य समाजले ‘वैदिक वाङ्मयमा योग ज्ञान एवं साधना सप्ताह’ शिविर आयोजना गर्ने भएको छ । आजदेखि प्रत्येक दिन बेलुकी ७ः३० देखि राति ९ बजेसम्म जुम प्रविधिबाट कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष डा माधवप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

सोमबार बेलुकी योगाचार्य सुवोध सिम्खडाले ‘वेद र योग विद्याको अन्तर सम्बन्ध’ विषयमा प्रवचनका साथमा साधना गराउनुहुनेछ । असोज १३ गते डा राजु अधिकारीले ‘योग वेददेखि विश्वसम्म’, असोज १४ गते योगाचार्य उमाशङ्कर जोशीले ‘वेदान्त दर्शनमा योग ज्ञान’ र असोज १५ गते योगाचार्य फलनारायण पोखरेलले ‘श्रीमद्भवद्गीतामा योगको स्वरुप’का विषयमा प्रशिक्षण दिनु हुनेछ ।

यस्तै असोज १६ गते डा चिन्तामणि गौतमले ‘उपनिषद्मा योग विद्या’, असोज १७ गते डा टिपी धमलाले ‘उपनिषद्मा योग ज्ञान एवं साधना’ र असोज १८ गते डा क्षितिज बराकोटीले ‘वैदिक वाङ्मयमा मानसिक स्वास्थ्य’ विषयमा प्रवचनका साथै योग साधनासमेत गराउनुहुने समाजले जनाएको छ । साधना शिविरमा सहभागी हुन चाहनेले समाजको केन्द्रीय कार्यालयमा सम्पर्क गरी जुम आइडी र पासवर्ड प्राप्त गरेर सहभागी हुन सक्नुहुने जनाइएको छ । समाजको फेसबुक पेजबाट समेत कार्यक्रम प्रत्यक्ष प्रसारण गरिने छ ।
रासस

प्रतिकृया