• ०८:२८ २०८१ बैशाख ७ गते
  • 8:28 am

राप्रपा विधान मस्यौदा समिति गठन

प्रकाशित मिति

२०७७ आश्विन ९ गते, शुक्रबार ०५:३६

raprapa

काठमाडौंँ, राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकता आधारपत्रबमोजिम विधान मस्यौदा पेश गर्न नेता निरञ्जन थापाको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय चाबहिलमा पार्टी त्रयअध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र कमल थापा उपस्थित बैठकले समितिका सदस्यमा भक्ति सिटौला, श्याम शाही, राजु बस्नेत, रामशरण पाठक, भरतजङ्ग उप्रेती र चन्द्र काफ्ले रहेको समिति गठन गरेको हो ।

पार्टीको सचिवालय कार्य व्यवस्था समितिको बैठक भने यही असोज ११ गते तोकिएको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
रासस

प्रतिकृया