• 3:59 pm

पेरिसडाँडाबाट एक महिला पक्राउ

प्रकाशित मिति

२०७७ आश्विन ४ गते, आईतवार ०५:५५

काठमाडौँ, प्रहरीले काठमाडौँको पेरिसडाँडाबाट एक महिलालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

झोला देखाउन आग्रह गर्दा नदेखाएर जबर्जस्ती जान खोजेपछि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । प्रहरीका अनुसार खड्कालाई धर्नामा बस्न आएको र अन्य साथीसमेत आउन लागेको बताएपछि नियन्त्रणमा लिइएको हो ।
रासस

प्रतिकृया