ट्रेड युनियन निर्वाचनका कारणले कर्मचारी सरुवा नगर्न निर्देशन
प्रकाशित मिति
२०७७ आश्विन २ गते, शुक्रबार ०६:५७

काठमाडौँ, संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका कारणले कुनै पनि सरुवा, काज सरुवा नगर्न सबैलाई निर्देशन गरेको छ ।
मन्त्रालयका शाखा अधिकृत युवराज अर्यालले सूचना जारी गरी यही असोज २४ गतेसम्मका लागि कर्मचारीको सरुवा र काज सरुवा नगर्न अनुरोध गर्नुभएको हो । यही असोज २४ गते हुने निर्वाचनका लागि यही असोज १ गतेदेखि निर्वाचनको आचारसहिंता लागेकाले सरुवामा रोक लगाइएको हो । सरकारले निर्वाचन गर्नका लागि निर्वाचन कार्यालयसमेत स्थापना गरिसकेको छ ।
विसं २०७३ जेठ १९ गते भएको निर्वाचनको चार वर्ष कार्यकाल सकिएपछि निर्वाचन हुन थालेको हो । युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले कोरोना भाइरस ९कोभिड–१९० का कारणले निर्धारित मितिमा निर्वाचन गर्न कठिनाइ हुने बताउनुभयो । देशभर करिब ८३ हजार निजामित कर्मचारी रहेका छन् ।
रासस
प्रतिकृया