गोंगबु हत्या काण्डः कल्पनालाई पुर्पक्षका लागि थुनामा पठाइने
प्रकाशित मिति
२०७७ भाद्र १९ गते, शुक्रबार ०७:२६
काठमाडौँ, काठमाडौँ जिल्ला अदालतले कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा पक्राउ कल्पना मुडभरी ९पौडेल० लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार उक्त अभियोगमा पक्राउ परेकी चितवन शक्तिखोरकी ३७ वर्षीया पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको अदालतमा फैसला कार्यान्वयन गरिएको बताइएको छ ।
पौडेललाई सुन्धारास्थित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार र पौडेलकी १५ वर्षीया छोरीलाई भक्तपुरस्थित बाल सुधार गृह पठाउने अदालतले आदेश दिएको छ । गोंगबूमा गत साउन २५ गते बोहराको हत्या गरी घाँटी र खुट्टा एउटा सुटकेस र शरीर अर्को सुटकेसमा रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । सोही घटनाका अभियुक्त पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।
रासस
प्रतिकृया