थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु
प्रकाशित मिति
२०७७ भाद्र १९ गते, शुक्रबार ०३:५२
चितवन, मकवानपुर हेटौंडाका एक कोरोना संक्रमित महिलाको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ कि ५२ बर्षीषा महिलाको मृत्यु भएको हो ।
निमोनिया भएर भदौ १० गते अस्पताल भर्ना भएकी उनमा ११ गते कोरोना संक्रमण १९ पुष्टि भएको थियो ।अस्पतालको आईसीयूमा उपचारको क्रममा उनको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।
मृतक महिलाको अवस्था गम्भीर भएपछि बिहीबार राति डा.शितल अधिकारी र डा.दयाराम लम्सालको टिमले प्लाज्मा थेरापी बिधिबाट उपचार सुरु गरेको थियो । चितवनमा कोरोनाबाट हालसम्म २१ जनाको मृत्युु भइसकेको छ । मृतक चितवनका ११ जना छन् भने बाँकी अन्य जिल्लाका छन् ।
Related
Recent News
- युवा विदेश पलायन रोक्न वर्षमा ५ लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ : गगन थापा
- सरकारविरुद्ध सडक र सदनबाट संघर्ष गर्ने प्रचण्डको चेतावनी
- कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित
- प्रकाश र परीक्षाको नयाँ चलचित्र ‘सोल्टिनी’को घोषणा
- सरकार मानव अधिकार पक्षमा छ, आयोगको भवन निर्माण चाँडै : मन्त्री पौडेल
- आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खुम्चियो
- एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
- पोखरा एभेन्जर्स १०३ रनमा अलआउट, बोसिस्टोले लिए ६ विकेट
- बीआरआई नेपालको हितमा छ, यसलाई अगाडि बढाउनुपर्छ: प्रचण्ड
- रवि लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउन सांसद शर्माको माग
प्रतिकृया