मन्दिरका पुजारीको गोलि हानी हत्या
प्रकाशित मिति
२०७७ भाद्र ४ गते, बिहीबार ०८:२२
रौतहट । रौतहटमा चार दिनको अन्तरालमा दुई जनाको हत्या भएको छ । बुधबार राती माधबनारायण नगरपालिका–२ खेसरिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोलि हानी हत्या भएको छ ।
लामो समयदेखि मंन्दिरमा रहदै आएका पुजारी साहको मंन्दिर प्राङ्गणमा खाना खाईरहेको समयमा बन्दुकधारीले कन्चटमा गोली हानी हत्या गरेको जनाइएको छ ।
हत्या गरेपछि ती समुह फरार रहेका छन । प्रहरीले खोजी जारी राखेको जनाएको छ । गत आईतबार मात्रै गरुडा नगरपालिका –८ जिंगडिया निबासी १७ बर्षीय निरञ्जन राम चमारको धारिलो हतियारबाट घाटी रेटी हत्या भएको थियो । घटना भएको दुबै क्षेत्र ईलाका प्रहरी कार्यालय गरुडा अन्तर्गत पर्दछ ।
रौतहटमा निषेधाज्ञा जारी भएको अबस्थामा दुबैको हत्या भएको छ । कोरोना भाईरसको संक्रमण फैलन नदिन जिल्ला लाई निषेधाज्ञा जारी गरिएको छ तर, यही समयमा अपराधिक घटना समेत भैरहेको छ ।
पछिल्लो समय रौतहटमा अपराधिक घटनामा बृद्धि भएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखिएको छ ।
प्रतिकृया