• 4:48 pm

पुलबाट हाम फाल्दा एक जनाको मृत्यु

प्रकाशित मिति

२०७७ श्रावण ३२ गते, आईतवार ०८:१९

 

स्वर्गद्वारी, प्युठानको प्युठान नगरपालिका–८ बाग्दुलाको पुलबाट हामफाल्दा शनिबार एक जनाको मृत्यु भएको छ । प्युठान–१० का ५० वर्षीय धनीराम कुमालको पुलबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय प्युठानले जनाएको छ ।

मानसिक अवस्था ठिक नभएका कुमालले मानसिक रोगको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको शव प्युठान नगरपालिका–४ रानीबगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल प्युठानमा राखिएको छ ।

प्रतिकृया