• 4:31 pm

लिदी पहिरोमा मृत्यु हुनेको संख्या १३ पुग्यो, २५ जनाको खोजी हुँदै

प्रकाशित मिति

२०७७ श्रावण ३१ गते, शनिबार १२:१८

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी हिजो गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार आज विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो ।

खोजतलासको क्रममा आज थप दुई वटा शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । लिदी गाउँको तामाङ वस्तीमा शुक्रबार बिहान करिब ६ बजेतिर पहिरो गएको थियो । पहिरो गएको स्थानबाट शुक्रबार नै ११ जनाको शव निकालिएको थियो । उनीहरुको सनाखत भइसकेको र सदगदको प्रक्रियामा गइसकेको प्रजिअ ढकालले बताए ।

लिदीको तामाङ वस्तीका २५ जना व्यक्तिहरु अझै बेपत्ता छन् । उनीहरुको खोजी पनि जारी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

प्रतिकृया