• 5:11 pm

स्तनपान सप्ताह

प्रकाशित मिति

२०७७ श्रावण १८ गते, आईतवार ०२:३१

प्रमिला कार्की
“स्वास्थ्य र सुन्दर संसार, स्तनपान एक मात्र आधार “ भन्ने मूल नाराका साथ प्रत्येक वर्षझैँ यो वर्ष पनि नेपालमा अगष्ट १ देखि ७ गते सम्म ( तदअनुसार १७ (२३ साउन, २०७७) स्तनपान सप्ताह देशब्यापी रुपमा विविध जनचेतना मुलक कार्यक्रमका साथ चलिरहेको छ । स्तनपान सप्ताह सन १९९२ बाट सुरुवात भएकोहो । हाल यो सप्ताह नेपाल लगायत विश्वका अन्य १२० देशहरुमा यो सप्ताह युनिसेफ , विश्व स्वास्थ्य संगठन , राष्ट्रिय र अन्तरास्ट्रिय संघ संस्थाहरुको सहकार्यमा मनाउदै आइरहेको छ ।

स्तनपान प्रत्येक नवजात शिशुको नैसर्गिक अधिकार हो । विश्व स्वास्थ्य संगठन र युनिसेफको निर्देशन अनुसार स्तनपान भन्नाले बच्चा जन्मेको एक घण्टा भित्र स्तनपान गरिसक्नु पर्ने र ६ महिना सम्म अनिवार्य रुपमा आमाको मात्र दुध खुवाउनु पर्ने भनिएको छ । ६ महिना मुनिका शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पोषण आमाको दुधबाट प्राप्त हुने हुदा बच्चालाई पानी समेत खुवाउनु पर्दैन । बच्चालाई ६ महिना कटेपछि मात्र आतिरिक्त खाना जस्तैः सर्बोतम पिठो, लिटो , जाउलो इत्यादी खुवाउदै, बच्चा दुई वर्ष नपुगुन्जेल सम्म स्तनपानलाई निरन्तरता दिनुपर्छ ।

विश्व स्वास्थ्य संगठन अनुसार हाल४०५ शिशुहरुलाई मात्र ६ महिना सम्म आमाको दुध मात्र खुवाइएको पाइएको छ । नियमित रुपमा ६ महिना सम्म स्तनपान गराउन सकेमा प्रत्येक वर्ष ८,२३,००० बच्चाहरुको जीवन जोगाउन सकिने प्रतिवेदन लेदेखाएको छ । नेपाल जनसांख्यि तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालमा जन्मेको १ घण्टा भित्रै स्तनपान गराउने शिशुको संख्या ५५५ रहेको छ । उक्त सर्वेक्षण अनुसार जन्मेको १ घण्टामा स्तनपान गराउनेमा हिमाली क्षेत्रमा जन्मिएका शिशुहरु (६१५) र प्रदेश नम्बर ठ (७१५) अग्रस्थानमा छन भने सबै भन्दा कम तराई क्षेत्र (५२५) र प्रदेश नम्बर २ (४५ ५) रहेको छ । नेपाल जनसांख्यि तथा स्वास्थ्य सर्वेक्षणले तयार पारेको तथ्यांक अनुसार ६ महिना सम्म आमाको दुध मात्र खुवाएको दर २००६ बाट २०११ सम्म ५३ ५ बाट ७० ५ ले बृद्धि भयता पनि हाल २०१६ मा आइ पुग्दा उक्त दर घटेर ६६५ भएको छ ।

हाल विश्वमा कोरोना संक्रमण दिनानु दिन बढ्दो छ । अहिले सम्मको खोज अनुसन्धानमा कोरोना संक्रमित आमाबाट स्तनपान गराउदा कोरोना भाईरस सर्ने ठोस प्रमाण फेला पर्न सकेको छैन । यस कारण विश्वस् वास्थ्य संगठनले जून २३ ,२०२० मा प्रकाशित गरेको सूचनामा सम्पूर्ण कोरोना आशंका गरिएका र कोरोना संक्रमित आमाहरुमा स्तनपानलाई निरन्तरता दिन निर्देशन गरेको छ । विश्वव् यापी स्तनपान मंन्चले (जसले स्तनपान नीति र कार्यक्रमको प्रगतिको निगरानी राख्छ )२०१८ मा सार्बजनिक गरेको स्तनपान स्कोर कोडमा नेपाल ३४ औ स्थानमा परेको छ ।

आमाको दुध शिशुको लागि सबै भन्दा पोसिलो र राम्रो आहार हो । स्तनपान गराउनाले आमा र शिशु दुवैको स्वास्थ्यमा फाइदा पुराउछ । सुत्केरी भएपछि जति छिटो स्तनपान गराउन सक्यो त्यतिनै छिटो पाठेघरबाट साल बाहिर निस्कन सहयोग गर्छ । त्यसै गरि स्तनपान गराउनाले बच्चा जन्माएपछि हुने रक्ताश्राबबाट समेत जोगाउ छ । स्तनपान गराउनी आमाहरुमा स्तन क्यान्सर र पाठेघरको क्यान्सरको खतरा समेत कम हुने गर्छ । बच्चा जन्मेको ६ महिना सम्म नियमित रुपमा स्तनपान गराउदा , गर्भ बस्न बाट समेत जोगाउछ । महिलाहरुमा सुत्केरी भएपछि देखिने मानसिक समस्या डिप्प्रेसनलाई समेत स्तनपानले जोगाउँछ । बच्चा जन्मेपछि आउने पहिलो बाक्लो र पहेलो बिगौती दुधले बच्चामा खोपको रुपमा काम गर्छ । बिगौती दुधमा हुने प्रचुर मात्रमा भिटामिन ’ए’ र रोग प्रतिरोध्त्मकतत्वले बच्चालाई स्वास प्रश्वाससम्बन्धि समस्या र झाडापखालाबाटबचाउछ । स्तनपानले आमा र बच्चाको आत्मियतालाई प्रगाढ बनाउन सहयोग पुर्याउछ । आर्थिक र स्वास्थ्यको हिसाबले हेर्दा पनि आमाको दुध फर्मुला मिल्क र पाउडर दुध भन्दा सस्तो र राम्रो छ । आमाको दुधमा बच्चाको शारीरिक, मानसिक र बौदिक विकाशको लागि आवश्यक सम्पूर्ण तत्व हुन्छ ।

स्तानपान बृद्धिदर बढाउनको लागि सरकार, निजिक्षेत्र, नागरिक समाज र समुदायको समेत महत्त्वपूर्ण भूमिका छ । यसका लागि ६ महिनासम्म आमाको दुध मात्र खुवाउनको लागि उत्साहित गराउन सरकारले आवश्यक नीतिनियम र कानुनलाई कडाइ गर्दै ,सो को पालना भए नभएको मुल्याकांन गर्दै स्तनपान सम्बन्धि कार्यक्रमलाई अगाडि लैजानु पर्ने देखिन्छ । नेपालमा हाल मान्यता प्राप्त बाल मैत्री अस्पतालको संख्या ७ मात्र रहेको हुदा ,उक्त संख्या बढाएर देशैभरिका स्वास्थ्य संस्थाहरुमा बालमैत्री अस्पतालको नीति लागु गर्नआवश्यक छ । हिजो आज बजारमा फर्मुला मिल्क , पाउडर दुधहरु पाइने हुदा सो को प्रयोगलाई निरुत्साहित गराउन जनचेत नाफैलाउन जरुरी देखिन्छ । आमाको दुधको सट्टा प्रयोग हुने सामग्रीहरुको बिक्रि बितरणलाई कडाईका साथ लैजान बस्तु बिक्रि वितरण नियंत्रण ऐन २०४९ तथा नियमवाली २०५१ लाई अझै कडाईका साथ लैजान जरुरी देखिन्छ ।

सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा सहि तरिकाले स्तनपान गराउने तरिका ,स्तनपानको बच्चा र आमामा हुने फाइदाको बारेमा जानकारी गराएर ,६ महिना सम्म आमाको दुध मात्र खुवाउन प्रोत्साहन गराउन सक्नु पर्छ । समुदायमा समेत महिला स्वास्थ्य स्वयेम्सेविका परिचालन गरेर आमा र सम्पूर्ण परिवारलाई स्तनपानका बारेमा चेतना फैलाउन सकिन्छ । कामकाजी महिलाहरुलाई ६ महिना सम्म तलबी बिदा अथवा काम गर्ने स्थानमा स्तनपानको लागि समय र क्षेत्र छुटाएर सहयोग गर्न सकिन्छ । यसको लागि निजि क्षेत्र र कार्यलयको सहयोग अपरिहार्य छ ।

आमाको दुध बच्चाको लागि अमृत समान भएता पनि हिजो आज स्तनपान गराउने आमाहरुको संख्या घट्दो छ । आजका बच्चाहरु भोलिका देश हाक्नेजन शक्ति हुन् । उनिहरुको सुस्वास्थ्यको लागि सम्बन्धित निकायले आजैबाट ध्यान दिन जरुरी छ । स्तनपान सम्बन्धि हाम्रो समाजमा रहेका कुरीतिहरुलाई हटाएर, महिलाहरुलाईस् तनपान गराउन सहज वातावरण निर्माण गराउन आवश्यक छ ।मुख्यतः यसको लागि सरकार , घर परिवार, दक्ष्य स्वास्थ्य जनशक्तिर समुदायको भूमिका आवश्यक देखिन्छ ।

प्रतिकृया