• 11:09 pm

नेपाली काँग्रेस (वी पी) को पार्टी कार्यलय उद्घाटन कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७७ श्रावण १८ गते, आईतवार १२:४५

काठमाडौ,  नवगठित नेपाली काँग्रेस (वी पी) को पार्टी कार्यलय उद्घाटन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि नेपाली काँग्रेस (वी पी) का केन्द्रिय सभापति हरिबोल भट्टराई र काठमाडौं क्षेत्र नम्बर ९ का क्षेत्रीय सभापति प्रभाकर महर्जनको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका महामन्त्री तथा पुर्व मन्त्री सुशीलमान सेरचन, महामन्त्री पुष्पराज पराजुली, सह(महामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश पौडेल र पार्टीका नेता, भातृ संघ तथा सुभेक्षुक संघका प्रमुख तथा पदाधिकारीहरुको उपस्थिति रहेकोे थियो ।

कार्यक्रमका प्रमुख अतिथि पार्टी सभापति भट्टराईले सत्ताको लागि विदेशीसंग लम्पसार पर्नु राष्ट्रियताको लागि अहित रहेको बताउदै नेकपा र नेपाली काँग्रेस एकै सिक्काका दुई पाटा भएको दाबी गरे । कोरोनाको नाममा भएको भ्रष्टाचारमा नेपाली काँग्रेसका नेताहरूको समेत मिलिमतो भएको उनको ठोकुवा छ । सभापति भट्टराईले अहिले राजनीतिमा नैतिकता हराएको भन्दै राजनीतिलाई नैतिकवान बनाउन नेपाली काँग्रेस (वि पि) को जन्म भएको बताए ।

महामन्त्री तथा पुर्व मन्त्री सुशीलमान सेरचनले सरकारले कोरोनाको नाममा १० अर्ब खर्च देखाए पनि फ्रन्ड लाइनमा खटिने स्वास्थकर्मी, पत्रकार, सुरक्षाकर्मिलाई पिपिई सेनिटाइजर समेत उपलब्ध नगराएको नागरिकको पिसिआर समेतमा तिव्रता दिन नसकेको भन्दै कोरोनाको नाममा भ्रष्टाचारको गन्ध आएको दाबी गरे ।
सरकारले विद्युत, नेपाल टेलिकम र पेट्रोलियम पदार्थमा विभिन्न शिर्षकमा लगाएको कर सिमित समयको लागी लगाउनु पर्ने भए पनि निरन्तर लगाएको भन्दै कर छुट दिई नागरिकलाई शुलभ दरमा सेवा दिन पनि माग रहेको छ ।
पार्टीका अर्का महामन्त्री पुष्पराज पराजुलीले अङ्कृत नागरिकताको छानबिन आयोग गठन गर्न माग गर्दै भ्रष्टाचारमा नाम आएको छानबिन गरि कारबाही गर्न माग गरे ।

पार्टीका सहमहामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश पौडेलले राष्ट्रियताको पक्षमा लाग्दा छिमेकी शीत लड्नु नपर्ने सुशासनको पक्ष कायम राखे मात्रै राष्ट्रियता बलियो हुने बताए ।

पौडेलले एमसिसी सम्सोधन नभै पास भएमा एमसिसी प्रोजेक्ट समाप्त पार्ने घोषणा गर्नु गरे । यसै अवसरमा २०० जना युवाहरु नेपाली काँग्रेस (वी पी) मा प्रवेश गरेका छन् ।

प्रतिकृया