• 10:25 pm

विद्यालय नियमित गराउन स्यानिटरी प्याड

प्रकाशित मिति

२०७७ श्रावण १८ गते, आईतवार १२:०७

सिमकोट, खार्पुनाथ गाउँपालिकाले गाउँपालिकाभित्र रहेका १० विद्यालयलाई स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ ।

गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई पाँच हजार ५०० थान स्यानिटरी प्याड वितरण गरिने भएको हो । कक्षा ६ देखि कक्षा १२ सम्मका करिब एक हजार ३०० छात्रालाई स्यानिटरी प्याड वितरण गर्न लागिएको गाउँपालिका शिक्षा शाखाका प्रमुख तथा शिक्षा अधिकारी भीमबहादुर थापाले जानकारी दिनुभयो । शिक्षा अधिकारी थापाका अनुसार हिजो र आज गरेर नेपालगञ्जबाट पाँच हजार ५०० थान स्यानिटरी प्याड सिमकोट पुगेलगत्तै गाउँपालिकामा लिएर वितरण गरिने भएको छ ।

विद्यालयमा अध्ययनरत छात्रा महिनावारीको अवस्थामा कक्षामा नियमित उपस्थिति हुन कठिनाइ भएकाले उनीहरुको कक्षा नियमितताका लागि सहज हुने उद्देश्यका साथ सो कार्यक्रम लागू गरिएको थापाले जानकारी दिनुभयो ।

सोही गाउँपालिकाका विद्यालयमा कार्यरत महिला शिक्षिकालाई स्यानिटरी प्याड वितरण वितरण गरिने भएको छ । स्यानिटरी प्याड वितरणवाट विद्यालयमा अध्ययनरत छात्राको कक्षा नियमित भई अध्ययन अध्यापनमा सहजता हुने छ । जिल्लाका किशोरी महिनावारीको समयमा विद्यालय जान लजाउने भएका कारण पनि गाउँपालिकाले यो कार्यक्रम लागू गरेको हो । पाँच हजार ५०० स्यानिटरी प्याड खरिद गरेर सिमकोटसम्म आइपुग्न रु तीन लाखसम्म मूल्य पर्न गएको छ ।
रासस

प्रतिकृया