• 9:10 pm

बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग हस्तान्तरण

प्रकाशित मिति

२०७७ श्रावण १८ गते, आईतवार ११:४४

काठमाडौ, बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई रु २५१,०००।०० (दुई लाख एकाउन्न हजार) सहयोग गरेको छ । कोरोना भाइरस महामारीको रुपमा फैलिरहेको अवस्थामा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको प्रयासका लागि नेपाल भित्र नै व्यक्तिगत सुरक्षात्मक उपकरण ९एएभ्० उत्पादन गर्दै आएको आविष्कार केन्द्रलाई बैंकको कर्मचारी संघद्वारा वित्तिय सहयोग हस्तान्तरण गरीएको हो ।

आविष्कारको क्षेत्रमा ठुलो योगदान गरेका डा. महाविर पुनले राष्ट्रिय आविष्कार केन्द्रको नेत्तृव गर्दै आईरहेका छन् । बैंकको कर्मचारी संघका अध्यक्ष अरुण श्रेष्ठले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनलाई एक समारोहको बिच उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

आविष्कार केन्द्रद्वारा उत्पादन गर्दै आईरहेको व्यक्तिगत सुरक्षात्मक उपकरणको उत्पादनमा सहयोग पुग्ने विश्वास स्वरुप उक्त सहयोग रकम हस्तान्तरण गरीएको बैंकको कर्मचारी संघके प्रमुख श्रेष्ठले बताए ।
साथै उनले अन्य बैंक तथा वित्तिय संस्थाहरुलाई सहयोग गर्न उत्साहित गर्ने विश्वास लिएको बैंकको कर्मचारी संघको प्रमुख श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया