• 9:11 pm

सांसद सहित ६४ जनामा कोरोना पुष्टि

प्रकाशित मिति

२०७७ श्रावण १७ गते, शनिबार ०९:५८

 

काठमाडौं । प्रतिनिधी सभा सदस्य र स्वास्थ्यकर्मी सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालका मेडिकल अस्पताल स्रोतका अनुसार संक्रमित हुनेहरुमा ६१ जना पुरूष र ३ जना महिला रहेका छन्। संक्रमितमध्ये दुई जना नारायणी अस्पतालका स्वास्थ्यकर्मी रहेको खुल्न आएको छ ।

प्रतिकृया