कोरोना रोकथाममा सरकारको उदासीनताः गगन थापा
प्रकाशित मिति
२०७७ श्रावण १६ गते, शुक्रबार ०४:३१

काठमाडौँ, नेपाली काँग्रेसका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापाले कोरोना संक्रमण रोकथाममा सरकारको उदासीनता अति भएको टिप्पणी गरेका छन् । कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलीरहेकोले खबरदारी गर्न आम नागरिकलाई आह्वान गरेका हुन्।
सामाजिक सञ्जाल मार्फत् थापाले बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी सवैले “सरकार अब अति भो” भन्नु पर्ने बेला आएको छ बताए । नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको विवादमा अल्झेको टिप्पणी पनि गरे । उनले कोरोनाको संक्रमण भुसको आगोझैँ फैलिएपनि सरकारले परीक्षणको दायरा नबढाएको र अस्पताल केन्द्रीत तयारी नगरेकोभन्दै आपत्ति जनाए ।
नेता थापाले सामाजिक सञ्जालहरुमा लेखेका छनु्, “प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त १ भुसको आगोझै संक्रमण फैलिएको छ, सरकार न परीक्षण बढाउँछ, न अस्पताल केन्द्रित तयारी गर्छ । बालुवाटार को पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ – सरकार अब अति भो ”
प्रतिकृया