• 11:07 pm

सागमा दोहोरो स्वर्ण विजेता मन्डेकाजीलाई नेता आचार्यद्वारा नगदसहित सम्मान

प्रकाशित मिति

२०७७ श्रावण १६ गते, शुक्रबार ०६:५०

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका नेता रमेश आचार्यको प्रमुख आतिथ्यतामा गत मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा करातेको एकल र टिम कातातर्फ दोहोरो स्वर्ण जितेका खेलाडी मण्डेकाजी श्रेष्ठ नगदसहित सम्मान गरिएको छ ।

नेपाललाई दुई स्वर्ण पदक दिलाउन सफल सितोरियो कराँतेका खेलाडी श्रेष्ठलाई ललितपुरस्थित होटल भिभान्तामा एक कार्यक्रमबीच पाँच लाख नगद सहित सम्मान गरिएको छ ।

मण्डेकाजीलाई धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका प्रोपाइटर, गुडविल बिलदर्सका सीईओ तथा करातेका पूर्व राष्ट्रिय खेलाडी रवि महर्जनको व्यवस्थापनमा सम्मान गरिएको हो । कार्यक्रममा गजुरियो करातेका केन्द्रीय कोषाध्यक्ष एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टिलका सीईओ रोसिद उनिथान र स्थानीय समाजसेवी युनुस डंगोलको सहभागिता रहेको थियो ।

प्रतिकृया