भेरी अस्पतालमा ३६ जनामा कोरोना पुष्टि
प्रकाशित मिति
२०७७ श्रावण १५ गते, बिहीबार ०२:०२
बाँके, भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो ३ दिनमा गरिएको परीक्षणमा थप ३६ जनालाई कोरोना भाइरस रोग (कोभिड १९) पुष्टि भएको छ । जसमा बाँकेका २० जना रहेका छन् । बर्दियाका ८, सुर्खेतका २, प्यूठानका १, अर्घाखाचीका १, कञ्चनपुरका १,सर्लाहीका १ र दाङका २ जना रहेका छन् । एक जना क्वारेन्टिनमा आत्महत्या गरेका व्यक्तिमा पनि कोरोना देखिएको छ । मृतक ठाकुरबाबा बर्दियाका ४३ वर्षका पुरुष रहेका छन् ।
आन्तरिक राजश्व कार्यालय नेपालगञ्जबाट संकलित नमुनामध्ये सुर्खेतका २, बाँकेका ३, कञ्चनपुरका १, सर्लाहीका १, दाङका २,बर्दियाका १ र प्यूठानका १ जना गरि ११ जनालाई कोरोना पुष्टि भएको भेरी अस्पताललले जनाएको छ । आन्तरिक राजश्व कार्यालयका प्रमुख प्रकाश पौडैलले ती ११ जना कार्यालयका कर्मचारी र उनीहरुको परिवारका सदस्य रहेको जानकारी दिनुभयो ।
प्रतिकृया