• 9:45 pm

पनौतीका २२५ घरपरिवारलाई खाद्यान्न

प्रकाशित मिति

२०७७ श्रावण १४ गते, बुधबार ०२:०४

काभ्रे, बन्दाबन्दीका कारणले हातमुख जोड्न समस्या भएका पनौती नगरपालिकाका सबै वडामा गरी २२५ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । नगरपालिकाको समन्वयमा सिआरएस नेपाल र शान्ति जनआदर्श सेवा केन्द्र धुलिखेलको साझेदारीमा कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत खाद्य तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शङ्खबुद्ध लामाले बताउनुभयो ।

उहाँले नगरपालिकाको १२ वडामध्ये वडा नं ७ मा २७ घरपरिवारलाई र बाँकी वडामा १८ घरपरिवारका दरले खाद्यान्न वितरण गरिसकेको बताउनुभयो । नगरपालिकासँग गरेको सम्झौताअनुसार नगरपालिकाले स्थापना गरेको फुड बैंकको मापदण्डअनुसार चामल, दाल, नुन, चिनी, बेसार, चिउरा, केराउ, लुगा धुने र नुहाउने साबुन, स्यानेटरी प्याड, आटा र चियापत्ती गरी १६ थरिका सामग्री वितरण गरिएको हो ।

त्यस्तै धुलिखेल नगरपालिकाको सञ्जीवनी नमूना माविमा रहेको क्वारेन्टिनका लागि २० श्यया र पनौती नगरपालिकाको इन्द्रेश्वर माविमा रहेको क्वारेन्टिनमा १४ दिनसम्म बस्नेमध्ये ५० जनालाई पुग्ने त्यहाँको दर अनुसारको खानाका लागि आवश्यक रकम सहयोग गरेको संस्थाका अध्यक्ष लामाले बताउनुभयो ।

त्यस्तै, सो संस्थाले पनौती–९ मा रहेको प्राणनाथ माइती वृद्धाश्रम र वडा नं ८ मा रहेको दलित उत्पीडित कल्याण सङ्घद्वारा सञ्चालित ह्याप्पी चिल्ड्रेन होमलाई खाद्यान्न वितरण गरिएको छ । नगरपालिकाको समन्वयमा सिआरएस नेपाल र शान्ति जनआदर्श सेवा केन्द्र धुलिखेलको साझेदारीमा मङ्गलबार कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत खाद्य तथा दैनिक उपभोग्य सामग्री वितरण गरिएको शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष लामाले बताउनुभयो ।

वृद्धाश्रमका सञ्चालक समिति अध्यक्ष रघुनाथ तिमल्सिनाले संस्थागत रुपमा खाद्यान्नलगायत सामग्री वितरण गरेर ठूलो सहयोग पु¥याएको बताउनुभयो । ४०÷५० जनासम्म अट्न सक्ने आश्रममा अहिले नियमित रुपमा १८ जना वृद्धवृद्धा बस्दै आउनुभएको छ ।

वडा नं ८ मा दलित उत्पीडित कल्याण सङ्घद्वारा सञ्चालित ह्याप्पी चिल्ड्रेन होममा पनि सो संस्थाले खाद्यान्न सहयोग गरेका छन् । संस्थाका सचिव राजेन्द्र अधिकारीले सो बालगृह व्यवस्थापन समिति अध्यक्ष शङ्खर परियारलाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो । बालगृहमा पनौतीलगायत मकवानपुर, रोल्पा, गोरखा र सिन्धुपाल्चोक जिल्लाका गरी तीनदेखि १८ वर्षसम्मका १३ जना बालबालिका रहेका छन् । बालगृहमा रहेका बालबालिका पुन्य माध्यमिक विद्यालय र ज्ञानज्योति बोर्डिङ स्कुलमा अध्ययन गर्दै आएका छन् ।
रासस

प्रतिकृया