• 9:51 am

कोरोना अपटेडः काठमाडौँमा ७ जना ११६ सङ्क्रमित थपिए, ६९७ जना डिस्चार्ज, एकको मृत्यु

प्रकाशित मिति

२०७७ असार ३१ गते, बुधबार ०४:५४

gautam 1

काठमाडौँ, पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १७ हजार १७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित छ हजार ११४ रहेका छन् ।

पछिल्लो २४ घण्टामा पाँच हजार ९० पीसीआर परीक्षण भएको छ । योसँगै २,९८, ८२९ परीक्षणा भएको छ । क्वारेन्टाइनमा २४५२७ हजार र आइसोलेसनमा छहजार ११३ हजार रहेका छन् । ५२६ जना रेड जोनमा रहेका छन् । पछिल्लो २४ घण्टामा नवलपरासीको एकजना रेड जोनमा परेको छ । आज ६९७ जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै ११ हजार २५ पुगेको छ । यो कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ६४.२ प्रतिशत हो ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँमा सङ्क्रमित सङ्ख्या ७ पुगेको छ । काठमाडौँमा ७ जना, ललितपुर र भक्तपुरमा कोही पनि सङ्क्रमित भएका छैन । आज थप एकजनाको कोरोना भाइरसको कारणले मृत्यु भएको छ । योसँगै भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । रौतहटका ३६ वर्षीय पुरूषको असार ३१ गते साढे २ बजे निधन भएको छ ।

प्रतिकृया