• ०६:२५ २०८१ बैशाख ६ गते
  • 6:25 am

विश्वभर कोरोना भाइरसका कारण ५ लाख ७५ हजारको मृत्यु

प्रकाशित मिति

२०७७ असार ३० गते, मंगलवार १०:०५

coronavirus south korea

 

काठमाडौं । विश्वभर कोरोना भाएरसका कारण मृत्यु हुनेको संख्या ५ लाख ७५ हजार नाघेको छ । भने, १ करोड ३२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३२ लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९५ हजार ८५७ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७३१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७५ हजार नाघेको छ ।

एकै दिन १ लाख १४ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म निको भएका ७६ लाख ९१ हजार ४५१ संक्रमितमध्ये १ लाख १४ हजार २३२ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९६ हजार ८२२ जनाको मृत्यु भएको छ । २५ लाख ८६ हजार ५८६ जना संक्रमित भएकोमा १५ लाख १७ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८६ हजार ६१७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४० लाख ७० हजार ४१४ पुगेको छ । त्यसमध्ये १८ लाख ७६ हजार ९१० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७१ हजार ४५३ जनाको मृत्यु भएको छ । ३० लाख १५ हजार ४९ जना संक्रमित भएकोमा २० लाख ९६ हजार १९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ६ हजार ४४० जनाको मृत्यु भएको छ । २९ लाख ३० हजार ८६६ जना संक्रमित भएकोमा १८ लाख ८५ हजार ४१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १३ हजार ५०४ जनाको ज्यान गएको छ भने ६ लाख १४ हजार ४१२ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ५ हजार ८५२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३० जनाको मृत्यु भएको छ । ११ हजार ६४४ जना संक्रमित भएकोमा ९ हजार ३७२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया