• 9:30 pm

एनप्याबसन र प्याबसन कार्य समितिको विद्यालय सञ्चालबारे छलफल, ५० प्रतिशत शुल्क लिने निर्णय

प्रकाशित मिति

२०७७ असार २९ गते, सोमबार ०९:२०

p 1

काठमाडौं, विश्वभरी फैलिएको कोरोनाबाट बच्न साढे तीन महिनादेखि देशका सम्पूर्ण विद्यालयहरु बन्द रहेका छन् । विद्यालय सञ्चाल सम्वन्धमा एनप्याबसन र प्याबसनले सरकारले दिएको निर्देशन अनुसार एक महिना बाहेक विद्यालय नखोले पनि शिक्षक कर्मचारीलाई आर्थिक रुपले व्यावस्थान गर्नका लागि ५० प्रतिशत शुल्क लिने निर्णय गरेको छ । मनोहरा एनप्याबसन नगर कार्यसमितिका कोषाध्यक्ष प्रेम कुमार भुजेलको संयोजक्तमा आइतबार बसेको बैठकमा कागेश्वरी मनोहरा नगर एनप्याबसन र प्याबसन सञ्चालक समितिले उक्त निर्णय गरेको हो ।

छलफलमा श्रावण १ गतेबाट विद्यालय खोल्नका लागि स्थानिय सरकार र सम्बन्धित पक्षसँग समन्वय गरी केन्द्रिय सरकारसँग माग गर्ने, शिक्षण शुल्क र नयाँ भर्ना सम्बन्धित पक्षसँग छलफल गरी बचौँ र बचाउँ अभियान स्वरुप अघि बढ्ने समेत निर्णय गरेको छ । त्यसैगरी बैठकमा शैक्षिक शस्त्रको विद्यार्थी संख्या यकिन गर्ने कक्षागत अभिलेखिकरणको कार्य अघि बढाउनका लागि पर्ने निजि विद्यालयमा परेको आर्थिक शैक्षिक सामाजिक र नैतिक संकट न्युनीकरणको लागि जोरदार रुपमा स्थानिय सरकार मार्फत केन्द्रिय सरकारको ध्यानार्षण गराउन निर्णय गरेको छ । समस्या समाधानतर्फ सम्बन्धित निकायको ध्यान नगएमा सामूहिक संघर्षको कार्यक्रम तय गर्ने समेत निर्णय गरेको छ ।

बैठकमा कागेश्वरी मनोहरा एनप्याबसन समितिका नगर अध्यक्ष अमृत खड्का, प्याबसनका नगर अध्यक्ष श्रीराम दाहाल , एनप्याबसनका केन्द्रिय सल्लाहकार कर्ण बहादुर शाही, प्याबसनका केन्द्रिय सदस्य रामेश्वर दाहाललगयात एनप्याबसन र प्याबसनका कार्य समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया