• 11:25 am

एकै दिन बागलुङमा ४२ जना कोरोना संक्रमण मुक्त

प्रकाशित मिति

२०७७ असार २५ गते, बिहीबार ०६:४६

बागलुङ । बागलुङमा एकै दिन ४२ जनाले कोरोना भाइरस संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

धौलागिरी अस्पतालको आइसोलेसनमा रहेका ७ र बुर्तिवाङस्थित दुई वटा प्रि–आइसोलेसनमा बसेका ३५ गरेर ४२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केिएका हुन्।

उनीहरु सबैको दोस्रो पटकको स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा। मिलन मल्लले जानकारी दिए।

डिस्चार्ज भएका सबैलाई १४ दिनसम्म अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्न भनिएको छ।

बुर्तिवाङबाट डिस्चार्ज हुनेमा ७ महिला छन्। यस्तै बडिगाड गाउँपालिकाका १५, ढोरपाटन नगरपालिकाका १७, निसीखोलाका २ र तमानखोलाका १ पुरुष छन्। धौलागिरी अस्पतालबाट डिस्चार्ज हुनेमा काठेखोला गाउँपालिकाका ७ जना छन्।

प्रतिकृया