५ महिने लिभरका बिरामी बालकलाई बचाउन लागिपर्दै कलाकार स्वस्तिका, उपचारलाई ४० लाख आवश्यक
प्रकाशित मिति
२०७७ असार १३ गते, शनिबार ०५:५८
काठमाडौं । कलाकार स्वस्तिका लामिछाने बिरामी पाँच महिनाको बालकलाई बचाउन लागिपरिरहेकी छिन् । बिगत केहिसमय देखी लिभर (कलेजो)को समस्याले काठमाडौंको मेट्रो अस्पतालमा उपचार गराइरहेका शिभान्स श्रेष्ठको उपचारका लागी कलाकार स्वस्तिकाले सहयोग जुटाउँदैछिन् ।
दोलखा चरिकोट भिमेश्वर नगरपालिका ६ घर भएका विकाश श्रेष्ठ र सरिता श्रेष्ठका पाँच महिनाका छोराको उपचारका लागी आर्थिकस्थिती कमजोर भएपछि सहयोगको अपिल गरिरहेका छन् ।
बिरामी बालकको अवस्था देखेपछि र परिवारको कमजोर आर्थिकस्थितीको बारेमा थाहापाएपछि कलाकार स्वस्तिका र उनकी बहिनी सितल लामिछाने पछिल्लो केहिदिन देखी सहयोग जुटाउन लागिपरेका छन् । दिदीबहिनीले आफ्नो ब्यक्तिगत तर्फबाट रु.१० हजार रुपैंया सहयोग गर्दै अन्य सहयोगका लागी अन्य सहयोगी मनहरुलाई अपिल गरिरहेका छन् । यस्तै उनीहरुले एभिन्यूज टेलिभिजनको कोरोना कहर एभिन्यूज पहल कार्यक्रममार्फत रु.१ लाख ७० हजार रुपैंया पनि हस्तान्तरण पनि भइसकेको जानकारी दिएकी छन् ।
हामीले सहयोग उठाइरहेका छौं । अहिलेको लकडाउनको फुर्सदको समयमा आफूहरुले केहि पहल गर्दा कसैको जीवन बाच्छ भने किन नगर्ने भनेर केहिदिन देखी सहयोगी मनहरुलाई भेट्ने र सहयोग जुटाउने काम भइरहेको छ । उनका अनुसार बालकको उपचारका लागी ४० लाख आवश्यक पर्ने अस्पतालले जनाएको छ । बालकको थप उपचारका लागी भारतको चेन्नई लैजानुपर्ने भएकाले पनि उपचारका लागी निकै ठुलो रकम चाहिने भएकाले सहयोगका लागी अपिल गरेको बताउँछन् ।
बालकलाई सहयोग गर्न चाहानेका लागी परिवारले बैंक खाता नम्बर तथा मोबाइल नम्बर सार्वजनिक गरेका छन् । जसका लागी चरिकोट दोलखा शाखामा रहेको सिटीजन बैंकमा बिकाश चन्द्र श्रेष्ठको नाममा रहेको खाता नं ०२८०१०००००५६१०२७ मा रकम पठाउन सकिनेछ । यस्तै ९८४९२५५५८५ नम्बरमा फोन गरेर प्रत्यक्ष कुरा गर्न सकिनेछ ।
त्यस्तै लकडाउन भए सगैं लायन्स क्लबको सदस्य समेत रहेकी कलाकार स्वस्तिका र लायन्स क्लब अफ काठमाडौं गुलमहरका संस्थापक अध्यक्ष सिन्दिप पराजुलि संग सहकार्य गर्दै लकडाउन पिडीतलाई एभिन्यूज टेलिभिजनको कोरोना कहर एभिन्यूज पहल कार्यक्रममार्फत विभिन्न स्थानमा गएर राहत वितरण कार्यमा निरन्तर लागि राखेका छन् ।
प्रतिकृया