• ११:५१ २०८० चैत्र १६ गते
  • 11:51 am

आज थप ५५४ जनामा कोरोना पुष्टि, ७७ वटै जिल्लामा पुग्यो संक्रमण

प्रकाशित मिति

२०७७ असार १३ गते, शनिबार ०४:४२

corona virus vaccine

 

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । शनिवार थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणको अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले कूल संक्रमितमध्ये १३६९ महिला र १० हजार ९४० पुरुष रहेका जानकारी दिएका छन्।

प्रवक्ता गौतमले ७७ वटै जिल्लामा कोरोना संक्रमण पुगेको जानकारी दिए ।

संक्रमितमध्ये हालसम्म २ हजार ८३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार १३६ जना डिस्चार्ज भएका छन् ।

प्रतिकृया