• 9:43 pm

कोरोना अपडेटः ६२९ संक्रमित थपिए, ११४ जना डिस्चार्ज

प्रकाशित मिति

२०७७ असार १० गते, बुधबार ०४:३९

काठमाडौँ, पछिल्लो २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमितमध्ये ११० जना महिला र ५१९ पुरुष रहेका छन् । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ७२८ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै, थप ११४ जना निको भएर डिस्चार्ज भएका छन् । थप ८ महिला र १०६ पुरुष डिस्चार्ज भएका हुन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ३३८ पुगेको छ ।

प्रतिकृया