• 6:48 am

३३ हजार कागतीका बिरुवा वितरण

प्रकाशित मिति

२०७७ असार १० गते, बुधबार ०२:३०

प्युठान, गरीबीको रेखामुनि रहेका प्युठानका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरिएको छ। डिभिजन वन कार्यालयले निःशुल्क रुपमा कवुलियती वनका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरेको हो।

जिल्लाभर १८४ कवुलियती वन छन्। तीमध्ये १५० कवुलियती वनका करीब एक हजार उपभोक्तालाई ३३ हजार कागतीका बिरुवा प्रदान गरिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले बताए।

मङ्गलबारदेखि जिल्लाका कवुलियती वनका उपभोक्तालाई बिरुवा वितरण गरिएको छ। आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक स्वीकृत फलपूmल प्रबद्र्धन कार्यक्रमअन्तर्गत रु पाँच लाख ६१ हजारको विरुवा वितरण गरिएको हो। तीन मिटरको दूरीका फरकमा करीब २५ हेक्टर क्षेत्रफलमा रोपण गरिने छ। यहाँका कवुलियती वनलाई आठ समूहमा विभाजन गरिएको छ।

प्रतिकृया