घरमा रोप्नुहोस् सकारात्मक उर्जा प्राप्त तथा सामान्य उपचारमा प्रयोग हुने यि ५ वनस्पति
प्रकाशित मिति
२०७७ असार ८ गते, सोमबार ०२:००
एजेन्सी, सबैको चाहना हुन्छ घर सुख, शान्ति, सुन्दर र सफ होस् । जसका लागि मानिसले घर बनाउँदा धार्मिक, वास्तुलगायतका अन्य निमयको पालना गरेर घर बनाउछन् । यसका लागी घरमा औषधीयुक्त गुणले भरिपूर्ण विरुवा रोप्नु पर्दछ । जसले गर्दा सामान्य विरामी हुदाँ प्रयोेगमा आउनुका साथै घरपरिवारमा सकारात्मक माहौल बन्न सक्छ ।
तुलसी
धार्मिक मात्र नभई स्वास्थ्यका दृष्टिमा समेत गुणकारी मानिएको तुलसीको बिरुवाले सकारात्मक उर्जा बनाउने गर्दछ । घरमा तुलसीको बिरुवा हुनाले यसले नकारात्मक उर्जा खिचेर सकारात्मक उर्जा बनाउने गर्दछ ।
मेहन्दी
सकारात्मक ऊर्जाका लागि मानिसको शरीर तथा मन सहि हुन अत्यन्त आवश्यक हुन्छ । तसर्थ शरीर र मनको थकान भगाउन मेहन्दी निकै फाइदाजनक मानिन्छ । घरमा मेहन्दीको बिरुवा रोपेमा अनिन्द्राको समस्या समेत दुर हुने मान्यता छ ।
मनि प्लान्ट
अधिकाशं मानिसले नजानेरै मनिप्लान्ट रोपेका हुन्छन् । तर मनिप्लान्टले घरको वातावरणमा सकारात्मक उर्जा बढाउनुका साथै खुसी र सम्पन्नता भर्ने विश्वास गरिन्छ । घरमा यो बिरुवा रोपेमा यसले नकारात्मकता समेत निकाल्ने विश्वास गरिन्छ ।
घ्यूकुमारी
स्वास्थ्यका दृष्टिले अत्यन्त गुणकारी मानिने घ्यु कुमारीलाई शरीरको सुन्दरता विकासमा महत्वपुर्ण मानिन्छ । तर यस अलावा घरमा घ्यु कुमारी रोपेमा यसले घरको नकारात्मक उर्जा हटाउने र सकारात्मक उर्जा भर्ने मान्यता छ ।
बाँस
बाँसको अर्थ बाहिर जंगल वा खेती गरिने बाँस होइन यो सानो गमलामा रोपिने बेम्बो ट्री हो । यदि घरमा बेम्बो ट्रि रोपिएको छ भने यसले भाग्य तथा प्रेमयुक्त घर बनाउने विश्वास गरिन्छ ।
प्रतिकृया