• 3:53 pm

वैदेशिक रोजगारीमा ज्यान गुमाएका २४ जनाको शव आज दिउँसो काठमाडौंं ल्याइँदै

प्रकाशित मिति

२०७७ असार ५ गते, शुक्रबार १०:३३

 

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २४ जना नेपालीको शव शुक्रबार (आज) दिउँसो नेपाल ल्याइँदै छ ।

कतारबाट २० र अन्य देशबाट ४ वटा शव दिउँसो काठमाडौँ आइपुग्ने वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिएका छन।

कतार एयरवेज शुक्रबार दिउँसो १२ बजे ४३ जना नेपाली र २० वटा शव लिएर आउँने श्रेष्ठले जनकारी दिएका छन् । उनीहरुलाई कतार सरकार आफैँले नेपाल पठाउन लागेको हो । कतार एरलाइन्सले एक सय २० यात्रु ल्याउने भनिए पनि स्वास्थ्य परीक्षणको कारण केही यात्रु उतै रोकिएका नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

वैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट कपिलबस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद मण्डलको शव ल्याइँदैछ ।

यसैगरि मोरङको कोसी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पंजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव कतारबाट ल्याइँदै छ ।

यी मध्ये ७ वटा शव काठमाडौँमै अन्त्येस्टी गर्ने र बाँकी बोर्डले घरसम्म पुर्‍याइदिने छ । शुक्रबार साउदी अरब, यूएई र कुवेतबाट पनि चार वटा शव आउँदैेछन् । जजिरा एयरलाइन्सले कुवेतबाट दुई, हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट एक एक वटा शव काठमाडौँ ल्याउँदैछन् ।

यसअघि जजिराले बिहीबार पनि दुईवटा शव ल्याएको थियो। कोरोना भाइरसको महामारीपछि अन्तर्राष्ट्रिय लकडाउन बन्द हुँदा शव रोकिएका थिए । प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार हिमालय एयरलाइन्स १५३ यात्रु र एउटा शव लिएर शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । यो जहाज साउदीको दमामबाट आएको हो ।

करिब १५० यात्रु लिएर कुवेतबाट जजिरा एयरलाइन्सको जहाज र दुबईबाट १५० यात्रु लिएर नेपाल एयरलाइन्सको जहाज शुत्रबार दिउँसो १ बजे काठमाडौं आइपुग्दैछन् ।

प्रतिकृया