• 3:37 pm

कोरोनाबाट मृत्यु भएका कैलालीका दुई जनाको शव व्यवस्थापन

प्रकाशित मिति

२०७७ असार ४ गते, बिहीबार ०७:०९

गोदावरी, कोरोना सङ्क्रमणका कारण मृत्यु भएका कैलालीका दुई जनाको शव व्यवस्थापन गरिएको छ । गोदावरी नगरपालिकाका पुरुष र लम्कीचुहा नगरपालिकाकी महिलाको आज छुट्टाछट्टै स्थानमा शव व्यवस्थापन गरिएको हो ।

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका गोदावरी नगरपालिका वडा नंं १ का कोरोना सङ्क्रमित पुरुषको नेपाली सेनाले शव व्यवस्थापन गरेको छ । मृतकको शव स्थानीय मोहना नदी किनारमा मापदण्ड अनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । मृतकका आफन्तले भने टाढैबाट शव व्यवस्थापन हेर्न मात्रै पाएका थिए ।

उता, कोरोनाका कारण मृत्यु भएकी कैलालीको लम्कीचुहा नगरपालिकाकी महिलाको शव बाँकेको जङ्गलमा व्यवस्थापन गरिएको छ । उहाँको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । उहाँको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

प्रतिकृया