कोरोना अपडेटः ६७१ जना संक्रमित थपिए, १९ जना डिस्चार्ज, दुई जनाको मुत्यु
प्रकाशित मिति
२०७७ असार ४ गते, बिहीबार ०४:४७

काठमाडौं, नेपालमा आज छ सय ७१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । जसमध्ये ८० जना महिला र पाँच सय ९१ पुरुष रहेको विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भएको हो । यसका साथै नेपालमा कुल संक्रमित संख्या सात हजार आठ सय ४८ जना पुगेका छ । जसमध्ये छ सय १९ जना महिला र सात हजार दुई सय २९ पुरुष रहेका छन् ।
त्यसैगरी आज थप १९ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन । यसका साथै नेपालमा एक हजार एक सय ८६ जना कोरोना मुक्त भएका छन् ।
त्यसैगरी आज कोरोनाको संक्रमणले थप दुई जनाको मुत्यु भएको पुष्टि भएको छ । यसका साथै नेपाल कोरोनाका कारणले मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा कैलाली जिल्लाको गोदावरी नगरपालिका ४६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिकाकी ४३ वर्षिय महिला रहेकी छन् ।
Related
Recent News
- सभामुख घिमिरे: नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने
- लगातार तीन दिनपछि शेयर बजारमा करेक्सन, नेप्से २.८७ अंकले घट्यो
- राष्ट्र बैंकद्धारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी (मार्गदर्शनसहित)
- डा. कोइरालाद्वारा निकट सांसदहरूलाई छलफलका लागि बोलाए
- पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने
- मेयरको धम्कीपछि पत्रकारको मृत्यु, मेयरमाथि स्थानीयको गम्भीर आशंका
- ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- किन जादै छन् प्रधानमन्त्री ओली भारत भ्रमण ?
- पूर्व राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता
- नेपाल एसबिआई बैंकको ३ अर्बको ऋणपत्रमा १२ अर्बको आवेदन
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया