• 4:56 pm

बालकोट युवा समाजद्वारा पत्रकारलाई प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग

प्रकाशित मिति

२०७७ असार ४ गते, बिहीबार १२:०३

भक्तपुर, बालकोट युवा समाजले नेपाल प्रेस युनियन भक्तपुर शाखाका पत्रकारहरुलाई प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रेस युनियनका पत्रकारलाई आवश्यक प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षा सामाग्री समाजको संयोजक तथा नेपाली कांग्रेस सुर्यविनायक नगरपालिका नगर कार्यसमितिका उपसभापति रवि राणाले आज एक कार्यक्रमका बीच सहयोग गर्नु भएको हो ।

संयोजक राणाले समाजले ५० जना पत्रकारलाई प्रेस ज्याकेट, माक्स, जोर पन्जा सहयोग गरेको बताउनुभयो । स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक राणाले कोरोना भाइरसको लडाई विरुद्ध लड्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

वरिष्ठ पत्रकार एवं प्रेस युनियनका केन्द्रीय सल्लाहकार कविर राणाले संकटको बेलामा गरेको सानो सहयोगले पनि ठुलो राहत मिल्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस युनियन भक्तपुरका अध्यक्ष रोशन सिल्पकारले पत्रकारलाई प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेकोमा समाजलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिकृया