• 2:45 pm

कोरोनाका कारण मृत्यु भएको यति होइन, भन्नु परेको मात्र हो : प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७७ असार ४ गते, बिहीबार ०३:१३

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको बताउनु भएको छ ।

आज राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको बताउदै उहाँले अरु धेरै देशको भन्दा कम भएको र उनीहरु मध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको बताउनु भएको छ ।

अरु कारणले मृत्यु भएकाहरुमा पनि संक्रमण देखिएपछि मृत्यु मान्नुपर्ने डब्लुचओको मापदण्डकाका कारण मृत्यु मान्नु परेको बताउँदै भन्नुभयो, ‘कोरोनाका कारण मृत्यु भएको यति होइन, भन्नु परेको मात्र हो ।’

प्रधानमन्त्री ओलीले सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच नराख्न आग्रह समेत गर्नुभयो। बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘१० अर्ब खोई भनिएको छ । १० अर्ब तल पठाइयो ।’

स्थानीय तहहरुले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको उहाँले बताउनुभयो । स्थानीय जनप्रतिनिधिहरुको गुन मान्नुको साटो अपमान गर्न नहुने उहाँले बताउनुभयो ।

खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उहाँले भन्नुभयो, ‘मान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरता छैन ।’

प्रतिकृया