भारत चीनविरुद्ध लडाई लड्ने संकेतः जल, थल र वायुसेनालाई अलर्टमा रहन निर्देशन
प्रकाशित मिति
२०७७ असार ४ गते, बिहीबार ०७:३२

एजेन्सी । चीन र भारतबीच सीमा क्षेत्रमा तनाव बढेसंगै भारतले भारतिय सेनालाई अलर्टमा रहन निर्देशन दिएको छ । पूर्वी लद्दाखको गलवान उपत्यकामा भारत र चीनका सेनाबीच भएको झडपमा २० भारतिय सेनाको मृत्यु भएपछि भारतले सवै फौंजलाई तयारी हालतमा रहन निर्देशन दिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले १९ जुनमा सवै दलका अध्यक्ष सहभागी रहने गरी सर्वदलिय बैठक समेत बोलाएका छन् । प्रधानमन्त्री मोदीले बुधवार भारतले शान्ति चाहेको भन्दै चीनको यस्तै व्यवहार रहने हो भने कडा जवाफ दिने चेतावनी दिएका छन् । उनले देशको अखण्डतासंग सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।
भारतिय सेनाले समेत सवै जवानहरुको विदा स्थगित गरेको छ । यसका साथै चीनसंग सीमा विवादलाई लिएर जल,थल र वायुसेनालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।
रक्षामन्त्री राजनाथ सिंहले बुधवार सिडिएस विपिन रावत र तीनै सेनाका प्रमुखसंग उच्चस्तरीय बैठकको आयोजना गरेका थिए । वैठकपछि तीनै सेनालाई अलर्ट राख्ने निर्णय भएको हो । भारतिय सेनाले अरुणांचल प्रदेश,उत्तराखण्ड,हिमाचल प्रदेश एवंम् लद्दाखको वास्तविक नियन्त्रण रेखातर्फ अतिरिक्त जवानलाई पठाइसकेको छ ।
भारतीय वायु सनाले पनि आफ्नो सवै प्रमुख फ्रन्ट लाइन बेसमा तथा सीमा क्षेत्रमा नजर राख्नको लागी अलर्ट स्तर बढाएको छ । त्यसका साथै चीनको नौसेनालाई कडा जवाफ दिनको लागी हिंद महासागर क्षेत्रमा पनि भारतिय नौ सेनाले तैनाथी बढाएको छ ।
चीनसंगको बढ्दो संघर्षलाई मध्यनजर गर्दै केन्द्र सरकारले सशस्त्र बललाई पूरै तयारी हालतमा रहन् निर्देशन दिएको हो । इकोनोमिक टाइम्सले चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतले तिनै सेनालाई तालमेल गर्न र आवश्यकताअनुसार प्राथमिकता तय गर्न निर्देशन दिएको जनाएको छ ।
यसैलाई मध्यनजर गर्दै नौसेनाले चीनसंग मुकाविला गर्न मलक्का स्ट्रेट नजिक वा आवश्यकताअनुसार काउंटरको लागी इण्डो प्यासेफिक क्षेत्रमा कही पनि तैनाथीको लागी अगाडी बढ्न निर्देशन दिइएको छ । भारतिय नौसेनाले युद्धपोत र जहाजसंगै समुन्द्री सीमामा आफ्नो उपस्थिती बढाएको छ ।
स्रोतकाअनुसार नेभीसंगै वायु सेनालाई पनि तयारी हालतमा राखिएको छ । भारतले फाइटर प्लेनलाई समेत तयारी हालतमा राखेको छ। केन्द्र सरकारले आपतकालिन स्थितिलाई मध्यनजर गर्दै तिनै सेनालाई हतियार खरिद गर्ने छुट समेत दिएको छ ।
प्रतिकृया