भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार नाघ्यो
प्रकाशित मिति
२०७७ असार २ गते, मंगलवार ०७:५९

Medial workers wearing protective gear move a patient infected with the coronavirus disease from an ambulance to a hospital in Seoul, South Korea, Sunday, March 8, 2020. The number of infections of the COVID-19 disease spread around the globe. (Shin Joon-hee/Yonhap via AP)
काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस भारतमा संक्रमितको संख्या ३ लाख ४३ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार २४३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ४३ हजार २६ पुगेको हो ।
एकै दिन अरू ३९५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ९ हजार ९१५ पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ८० हजार ३२० जना संक्रमणमुक्त भएका छन् ।
कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।
प्रतिकृया