• 5:08 pm

लकडाउन खुकुलो भए पनि शेयर बजार यो हप्ता नखुल्ने

प्रकाशित मिति

२०७७ असार १ गते, सोमबार ०१:४८

काठमाडौँ, सरकारले लकडाउन खुकुलो बनाएपनि शेयर बजार भने नखुल्ने भएको छ। आइतबार साँझ बसेको नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समितिको बैठकले हाललाई शेयर बजार नखुल्ने निर्णय गरेको हो।

बैठकले असार ४ गते बिहीवारसम्मको लागि थप चार दिन बजार बन्द गर्ने निर्णय गरेको हो । यसअघि जेठ ३२ गतेसम्मको लागि शेयर बजार बन्द गर्ने निर्णय भएको थियो।

आइतबार नै धितोपत्र बोर्डमा लगानीकर्ता र बोर्डको विचमा बैठक निष्कर्षविहीन टुगिंएको थियो। लगानीकर्ताहरुले बजार सुधारको काम नगरी बजार नखोल्न आग्रह गरेपछि बैठक निष्कर्ष विहीन टुङ्गिएको हो। बोर्डले पाँचवटै लगानीकर्ताको सँगठनहरुलाई बोलाएर गरेको छलफलमा लगानीकर्ताहरुले बजार सुधारका कुनै कार्यक्रम नल्याइ बजार खोल्न नहुने बताएका थिए।

प्रतिकृया