• 8:49 pm

कैलाली क्वारेन्टाइनमा रहेकी महिलाको बलात्कार आरोपमा तीनजना प्रक्राउ

प्रकाशित मिति

२०७७ जेष्ठ ३२ गते, आईतवार ०९:५२

 

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरी पक्राउ परेका छन् ।

क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लम्कीले तीन जनालाई पक्राउ गरेको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित महिला जेठ २० गते गौरीफन्टा नाकाबाट आएर शहिद स्मृति माध्यामिक विद्यालयको क्वारेनटाइनमा बस्दै आएकी थिइन ।

शनिबार क्वारेनटाइनमा खटिएका तीन जनाले आफ्नो बलत्कार गरेको महिलाले जाहेरी दिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले आइतबार लम्की बजारमा विरोध प्रर्दशन समेत गरेका थिए ।

प्रतिकृया