निजी ल्याबमा पनि कोरोना परीक्षण गरिने , सबै खर्च सरकारले व्यहोर्ने
प्रकाशित मिति
२०७७ जेष्ठ ३२ गते, आईतवार ०६:५७
काठमाडौँ, सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको परीक्षण निजी प्रयोगशालाहरुलाई दिने भएको छ । आइतबार आयोजित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताउनुभएको हो ।
पीसीआर टेस्टका लागि सङ्कलित नमुना आवश्यक प्रक्रिया पूरा गरी स्विकृति लिएका निजी प्रयोगशालालाई पनि जाँच्न दिइने व्यवस्था गरिएको उहाँले बताउनुभयो । त्यस्तै, विदेश जानको लागि आवश्यक पर्ने भिसाको लागि निरोगिता प्रमाणपत्रको लागि लिइने नमुना परीक्षण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालका ल्याबमा गरिने उहाँले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा प्रवत्ता गौतमले स्वास्थ्य मन्त्रालयको निर्देशिकामा यात्रा गरेर आउन र गरेपछि परीक्षण गर्नुपर्छ भन्ने नभएको बताउनुहुँदै कोही कसैको परीक्षण नगर्न, नगराउन सम्बद्ध संघसंस्था र स्थानीय निकाय, घरपेटीहरुमा आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य सामग्रीको उचीत समयमा मात्र प्रयोग गर्नुपर्नेमा जोड दिनुहुँदै सकेसम्म घरबाहिर नआउन र यात्रा नगर्न आग्रह गर्नुभयो ।
प्रतिकृया