• 5:02 pm

अतिक्रमित भूभाग फिर्ताका लागि अब भारतसंग वार्ता हुन्छः प्रधानमन्त्री

प्रकाशित मिति

२०७७ जेष्ठ ३२ गते, आईतवार ०६:०९

 

काठमाडौं। प्रतिनिधि सभाबाट संसोधन पारित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसँग वार्ता अघि बढाउने बताएका छन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयक शनिबार प्रतिनिधिसभाबाट पास भएपछि प्रधानमन्त्री ओलीले भारतसँग चाँडै वार्ता हुने बताएका हुन् ।

संविधान संशोधनपछि अबको कदम के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अब वार्ता हुन्छ, अगाडि बढ्छ ।’ उनले राष्ट्रिय अखण्डताको पक्षमा संसदमा देखिएको एकता निकै राम्रो भएको बताएका छन् ।

प्रतिकृया