• १६:२८ २०८० चैत्र १५ गते
  • 4:28 pm

नयाँ नक्सा पारित भएकोमा स्वागत गर्दै देशैभर दीप प्रज्ज्वलन (फोटो फिचर)

प्रकाशित मिति

२०७७ जेष्ठ ३२ गते, आईतवार ०५:४५

deeeep

 

काठमाडौं । प्रतिनिधि सभाले नेपालको निशान छापमा नयाँ नक्सा समावेश गरेको विधेयक पारित गरेकोमा नयाँ नक्साको स्वागत गर्दै देशको विभिन्न जिल्लामा दीप प्रज्ज्वलन गरि मनाइयो ।

सहिद गेटमा राष्ट्रिय झन्डासहित जम्मा भएका केही युवाले नेपालको नक्सा बनाएर दिपावली गरेका हुन् ।

deep prajwalan

विराटनगरमा दीपावली

नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्शा अङ्कित निशान छाप दुई तिहाइ बहुमतबाट पास भएको खुशियालीमा विराटनगरको जनआन्दोलन चोकमा दीप प्रज्वलन गरिएको छ ।

स्याङ्जामा दीप प्रज्वलन

यसैगरी नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको खुशियालीमा स्याङ्जामा दीपावली गरिएको छ ।

जिल्ला सदरमुकामस्थित शहीद चोकमा दीपावली गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी दिए । यसैगरी वालिङ उद्योग वाणिज्य सङ्घले पनि दीपावली गरेको छ ।

naksar 2

जिल्लाका सर्वसाधारण एवं विभिन्न सङ्घसंस्थाले समेत आज प्रतिनिधिसभाबाट सर्वसम्मतरुपमा नेपालको संविधानको दोस्रो संशोधन पारित भएर भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्शाका साथै निशान छाप संविधानमा समेट्नका लागि गरिएको संविधान संशोधनको प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको खुशीयालीमा जिल्लामा दीपावली गरेका हुन् ।

तनहुँमा दीप प्रज्वलन

नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित भएको खुशियालीमा आज तनहुँको दमौलीमा दीप प्रज्वलन गरिएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० व्यास नगर कमिटीले दुई तिहाइभन्दा बढी मतले संविधान संशोधन विधेयक पारित भएको खुशियालीमा दीप प्रज्वलन गरेको हो ।

भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक पारित भएसँगै नेपाल कम्युनिष्ट पार्टीले दमौलीस्थित मुख्यचोकमा दीप प्रज्वलन गरेको हो ।

dipssss

बाजुरामा दीप प्रज्वलन

नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको खुशीयालीमा नेकपा बाजुराले मार्तडीमा दीप प्रज्वलन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेतासहित युवाहरुले नेपालका लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्शामा समावेश भएको विधेययक प्रतिनिधिसभाबाट पारित भएपछि बेलुकी जिल्ला सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरेको नेकपा प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिए ।

deep

धादिङको थाक्रेमा

नयाँ नक्सा अनुमोदनको खुसीमा धादिङको थाक्रेमा दीप प्रज्ज्वलन गरि मनाइएको छ । निशान छाप संसोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको उपलक्ष्यमा धादिङको थाक्रेमा विभिन्न राजनीतिक दलहरु र युवाहरुले दीप प्रज्वलन गरेर खुशियाली व्यक्त गरेका छन् । निशान छापमा लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नक्सा कायम हुने भएको छ । पहिलो पटक राजनीतिक दलहरुबीच राष्ट्रिय अखण्डताको विषयमा एकमत र एकजुटता देखिएकोमा उनीहरुले उत्साहित भएको बताएका छन् ।

dhading

प्रतिकृया