• 4:06 pm

एमसीसीबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्दै

प्रकाशित मिति

२०७७ जेष्ठ ३२ गते, आईतवार ०४:५२

 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले आइतबार (आज) अपराह्न ४ बजेका लागि सचिवालय बैठक बोलाएको छ ।

एमसीसीका विषयमा छलफलका लागि बैठक बोलाइएको जनाइएको छ । बैठकमा एमसीसी कार्यदलका सदस्यहरुलाई पनि निम्तो गरिएको छ।

बैठक प्रधानमन्त्री कार्यालय बालुवाटारमा तय भएको छ।

एमसीसीका विषयमा नेकपाभित्रको आन्तरिक विवादका कारण धकेलिँदै गएको सचिवालय बैठक अन्ततः आजको लागि तय भएको छ।

प्रतिकृया