कोरोना अपडेटः दुई सय ७३ जना नयाँ सङ्क्रमित थपिए, दुई जनाको मृत्यु, ३६ जना डिस्चार्ज
प्रकाशित मिति
२०७७ जेष्ठ ३१ गते, शनिबार ०४:२८
काठमाडौं, नेपालमा थप २७३ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ३५ पुगेको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो ।
यस्तै कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो ।
पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ ।
यस्तै बारा, निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुबै टेष्ट पोजेटिभ आएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया १८ पुगेको छ ।
यस्तै गरी कोभिड १९ बाट सङ्क्रमित ३६ जना निको भएर डिस्चार्ज भएका छन् ।
प्रतिकृया